काठमाडौं : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सर्च्च अदालतको फैसलापछि पनि संसद अवरुद्ध गर्ने प्रतिपक्षीको भनाइ तर्कसंगन नभएको बताएका छन्।
डिप्लोमा इन्जिनियर्स एसोसिएशन नेपालले तयार पारेको गीत सार्वजनिक समारोहमा उपप्रधानमन्त्री निधिले सर्वोच्चको आदेश मान्दिनँ भन्ने कुरा तर्कसंगत नभएको बताए।
'सर्वोच्च अदालतले नै संविधान संशोधन सम्बन्धी निर्णय गर्ने थलो संसद हो भनिसकेको छ,' गृहमन्त्री निधिले भने, 'एमालेले संसद अवरोध गर्ने निर्णय फिर्ता लिएर छलफल गरी निर्णय प्रक्रियामा भाग लिनुपर्छ।' संसदबाट संशोधन प्रक्रिया अघि बढेपछि संविधान कार्यान्वयनको प्रक्रिया सुरु हुने भन्दै उनले त्यसका लागि कोही पनि बाधक बन्न नहुने बताए।
२०७४ माघभित्र तीनै तहको निर्वाचन गर्ने सरकारको मुख्य दायित्व भएको भन्दै उनले संशोधन प्रस्ताव अघि बढेपछि त्यसतर्फ केन्द्रित भएको बताए।