PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रियङ्का कार्कीको झोलामा के हुन्छ ?



पहिलोपोस्ट

प्रियङ्का कार्कीको झोलामा के हुन्छ ?

काठमाडौँ: नायिका प्रियङ्का कार्की हरेक कार्यक्रममा ब्याग बोकेर पुग्छिन्। सामान्यतया नायिकाहरु सानो पर्स वा मोबाइल ब्याग सहित देखिन्छन्। तर प्रियङ्काको साथमा भने ब्याग छुट्दैन।

के बोक्छिन् त प्रियङ्काले ब्यागमा ?

उनलाई धेरैले यही प्रश्न सोधे। बिहिबार भने प्रियङ्काले उनको फ्यान र ब्यागको सिक्रेट जान्न चाहनेहरुलाई इन्सटाग्राममार्फत सरप्राइज दिइन्। उनले आफूले ब्यागमा रहेको सामानहरु बाहिर निकालिन् र एक एक गर्दै ति सामानहरुको जानकारी दिएकी हुन्।

फुर्सदको समय सदुपयोग भन्दै आफूले प्रयोग गर्ने केही थान कसमेटिक्स सार्वजनिक गरिन्। क्लिनिक ब्राण्डको फाउन्डेशन हाइलाइटर, कन्सिलर, पाउडर उनले अनुहारकालागि प्रयोग गर्ने बताएकी छिन्। भिडियोमा प्रियङ्काले आँखाको मेकअपका लागि प्रयोग गर्ने नेकेड ब्राण्डको पेन्सिल, लाइनर, गाजल देखाइन्। साथै आफूलाई म्याकको लिपस्टिकको फ्यान भएको पनि जनाएकी छिन्। मेकअपका सामाग्री बाहेक उनको ब्यागमा पर्स र मोबाइल हुने रहेछ।

यस्तो छ प्रियङ्काले सार्वजनिक गरेको भिडियो:  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell