PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

वन कार्यालयको टोलीले समात्यो काठ तस्करलाई, २ सय २२ थान काठ बरामद



पहिलोपोस्ट

सोलुखुम्बु : दूधकुण्ड नगरपालिका– ५ सोलुखुम्बुका फुर्वा शेर्पालाई जिल्ला वन कार्यालयका अनुगमन टोलीले दुई सय २२ थान काठसहित पक्राउ गरेको छ।
 
वन कार्यालयका कर्मचारी नियमित गस्तीमा रहेका बेला आज बिहान करिब– ५ बजे सोलु खोला नजिक तीन जना कामदारले बिना टाँचाका काठ बोकेर लैजाँदै गरेको फेला पारेका थिए। प्राप्त सूचनाको आधारमा छानबिन गर्दा फुर्वा शेर्पाको घरमा थप दुई सय ६ थान काठ बरामद भएको जिल्ला वन अधिकृत मेघराज राईले जानकारी दिए।
 
कार्यालयले बरामद काठ र पक्राउ परेका शेर्पासहितका चार जनालाई सामुदायिक प्रहरीको जिम्मा लगाएको छ। तीन कामदारले भने आफूहरु ज्यालामा काम गरेको बताएका छन्। फुर्वा लामो समयदेखि अवैधरुपले काठ व्यापार गर्दै आएको खुलेको जिल्ला वन कार्यालयले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell