PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मानवअधिकार उल्लंघन : राज्य पक्षबाट पुरुष बढी, गैर राज्यबाट महिला



पहिलोपोस्ट

पोखरा : पश्चिमाञ्चलमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७०१ घटना भएका छन्।
 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सन् २०१६ मा यो क्षेत्रका १६ जिल्लामा सो घटना भएको इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले जानकारी दिए।
 
सो अवधिमा राज्य पक्षबाट ८२ र गैरराज्य पक्षबाट ६ सय १९ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना घटेका छन्। त्यस्तै राज्य पक्षबाट ६७ पुरुष र १५ महिला तथा गैरराज्य पक्षवाट ५ सय ३७ महिला र ८२ पुरुषमा मानवअधिकार उल्लङ्घनका घटना भएको संयोजक खकुरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell