PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दुई दिन अवरुद्ध भएको सिमरा–काठमाडौँ हवाई सेवा आजदेखि सञ्चालनमा



राधेश्याम पटेल

दुई दिन अवरुद्ध भएको सिमरा–काठमाडौँ हवाई सेवा आजदेखि सञ्चालनमा

वीरगन्ज : खराब मौसमका कारण दुई दिनदेखि प्रभावित सिमरा–काठमाडौं हवाई सेवा आजदेखि सुचारु भएको छ।
 
सिमरा एयरपोर्टका टावर इन्चार्ज हिरोण शाहका अनुसार बुधबार र बिहीबारको सबै फ्लाइट खराब मौसमका कारण रद्द गरिएको थियो। तराईमा दुई दिनदेखि अत्यधिक बढेको चिसोको कारण सघन कुहिरो लागेको थियो। जसले गर्दा ल्यान्ड र टेकअफमा समस्या परी हवाई सेवा प्रभावित भएको थियो।

जहाज ल्यान्डको लागि दुई हजार तीन सय मिटर र टेकअफको लागि हजार पाँच सय मिटर भिजिबिलिटी हुनुपर्नेमा त्योभन्दा पनि कम भिजिबिलिटी पाइएकोले विमानस्थलबाट बुद्ध एयरका सबै उडान रद्द भएको हो।
 
बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म दैनिक सिमरा–काठमाडौँ छ-सात वटा फ्लाइट रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell