PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

हेटौंडा गोल्डकपको उपाधिका लागि मनाङ र आर्मी भिड्ने



पहिलोपोस्ट

हेटौडा : हेटौंडा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङदी क्लब र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले आयोजक विजय युथ क्लबलाई ४–१ ले पराजित गरेसँगै मनाङ सँग उपाधि भिडन्त पक्का गरेको हो। आर्मीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै आयोजकलाई पराजित गरेको हो।

आर्मीको जितमा नवयुग श्रेष्ठ, भरत खवास, हिरण्य मगर र दिप लामाले १/१ गरे।

निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि थपिएको समयमा आर्मीले थप ३ गोल गरेको हो।

अजय मार्टिनले गोल गर्दै आयोजक विजय युथ क्लबलाई सुरुवाती अग्रता दिलाएपनि त्यो अग्रता जोगाउन नसक्दा खेल आर्मीको पक्षमा गएको हो।

फाइनल खेल शनिबार हुने छ। गत वर्ष पनि फाइनलमा यि दुई टिम भिडेका थिए। जसमा मनाङले अर्मीलाई हराउँदै उपाधि जितेको थियो।

सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रथम हुने टिमले ५ लाख तथा दोस्रो हुनेले ३ लाख पुरस्कार पाउने छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell