PahiloPost

May 14, 2025 | १ जेठ २०८२

धादिङमा पिकअपको ठक्करबाट वृद्धको ज्यान गयो, तीन घन्टापछि सुरक्षा निकायको हस्तक्षेपमा बाटो खुल्यो



उमेश पौडेल

धादिङमा पिकअपको ठक्करबाट वृद्धको ज्यान गयो, तीन घन्टापछि सुरक्षा निकायको हस्तक्षेपमा बाटो खुल्यो

धादिङ : पिकअपले ठक्कर दिँदा धादिङको खानीखोलामा एक वृद्धको मुत्यु भएको छ।
 
दूध बिक्री गर्न बजार हिँडेका ६० वर्षीय साने थापाको बा १५ च ४४८२ नम्बरको पिकअपले ठक्कर दिँदा आज बिहान घटनास्थलमै मुत्यु भएको हो। नयाँ पिकअप किनेर पूजाको लागि मनकामना जाँदै गर्दा दुर्घटना भएको हो। मुत्युपछि स्थानीयवासीले क्षतिपूर्तिको माग गर्दै तीन घन्टा सडक अवरुद्ध पारे। सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र भित्रिने सवारी साधनको लाइन थियो।
 
सादा पोसाकमा रहेका पुलिसले हातपात गरेको भन्दै स्थानीयले कारबाहीको माग गरेका थिए। सहमतिबाट सडक खोल्न स्थानीयले नमानेपछि सेना, सशस्त्र र जनपद प्रहरीले संयुक्त समन्वयमा बल प्रयोग गरेर साढे ९ बजे बाटो खुलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell