PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बसको ठक्करबाट विराटनगरमा एक साइकल यात्रुको मृत्यु



पहिलोपोस्ट

विराटनगर : यात्रुबाहक बसको ठक्करबाट गए राति साइकल यात्रुको मृत्यु भएको छ।
 
विराटनगर–२० स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने ४० वर्षीय ललित महतोको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
 
शुक्रबार साँझ विराटनगर–२० स्थित झमेली चोकमा बा२ख ५०९३ नंको बसले ठक्कर दिएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल लग्ने क्रममा बाटामै उनको मृत्यु भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell