PahiloPost

Jun 24, 2025 | १० असार २०८२

२८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम, नवलपरासीका लागि एक करोडको बजेट



पहिलोपोस्ट

नवलपरासी : नवलपरासीसहित नेपालका २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ।
 
राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत खानेपानी, शिक्षा, महिला तथा बालबालिका र पशु सेवा तथा स्वास्थ्य मन्त्रालयमार्फत ती जिल्लामा विषयगत कार्यालयबाट पोषण कार्यक्रम सञ्चालनमा भएको हो।
 
विशेष गरी एक हजार दिन उमेरका आमा, गर्भवतीदेखि शिशु, दुई वर्ष समय उमेरसम्मका आमा र शिशुलाई आवश्यक पोषण, जन्मिसकेपछि आवश्यक खोप सेवा दिनेबारे प्रचारप्रसार गर्नु सो कार्यक्रमको काम हो।
 
नवलपरासीका मात्र रामग्राम नगरपालिकासहित २० गाविसमा कार्यक्रम सञ्चालनमा छ। यसका लागि यस वर्ष करिब रु एक करोड बराबरको कार्यक्रम मन्त्रालयबाट स्वीकृत भइसकेको जिविसका पोषण फोकल पर्सन एवम् कार्यक्रम अधिकृत मोहन ज्ञवालीले बताए।
 
२०७०–७१ (सन् २०१३) देखि नेपालमा सो कार्यक्रम लागू भएको हो। सोअनुसार पहिलो वर्ष छ जिल्ला, दोस्रो वर्ष ११ र तेस्रो वर्ष बाँकी ११ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell