PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मनकामनामा पूजा गर्न नपाई किनेको तीन दिनमै पिकअपले वृद्धको ज्यान लियो, तीन फोटोमा

मनकामनामा पूजा गर्न नपाई किनेको तीन दिनमै पिकअपले वृद्धको ज्यान लियो, तीन फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


धादिङ : पिकअप खरिद गरेको तीन दिनमै उक्त गाडीले एक वृद्धको ज्यान लिएको छ। नयाँ गाडी किनेर पूजाका लागि शनिबारको साइत जुराएर मनकामना जाने क्रममा यो दु:खद घटना भएको हो।
 
दूध बिक्री गर्न धादिङको खानीखोला बजार हिँडेका ६० वर्षीय साने थापालाई बा १५ च ४४८२ नम्बरको सो पिकअपले बिहान ६ बजे ठक्कर दिएको थियो। ठक्करबाट वृद्धको घटनास्थलमै ज्यान गयो।
 
घटनापछि स्थानीयवासीले क्षतिपूर्तिको माग गर्दै तीन घन्टा सडक अवरुद्ध पारे। सो क्रममा राजधानीबाट बाहिरिएका र भित्रिने सवारी साधनको राजमार्गमा लाइन थियो। सहमतिबाट सडक खोल्न स्थानीयले नमानेपछि सेना, सशस्त्र र जनपद प्रहरीले संयुक्त समन्वयमा बल प्रयोग गरेर साढे ९ बजे मात्र बाटो खुलाइएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell