PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पोखरामा बाटो ढलान, सवारी र यात्रुलाई सहज



पहिलोपोस्ट

पोखरा : पोखरा उपमहानगरपालिका–२३ फुस्रेखोलामाथिको दम्सादीघाटस्थित झोलुङ्गे पुलको मुखदेखि २०० मि लम्बाइ र डेढ मिटर चौडाइ रहेको कच्ची बाटो ढलान गरिएको छ।
 
पार्दी खोला युवा क्लबको सक्रियता एवम् विभिन्न सङ्घसंस्था, तथा स्थानीय जनश्रमदान परिचालन गरी रु एक लाख ८० हजारको लागतमा सो बाटो बनाइएको हो।
 
बाटो निर्माण भएपछि झोलुङ्गे पुलबाट ओहोरदोहोर गर्ने मोटरसाइकल एवम् पैदलयात्रीलाई बाह्रै महिना सुविधा पुग्ने क्लबका अध्यक्ष प्रताप पौडेलले जानकारी दिए।
 
बाटो निर्माणमा प्रत्येक मोटरसाइकलधनीबाट रु एक हजारका दरले आर्थिक सहयोग लिइएको थियो। पोखरा बजारबाट नजिकै रहेर पनि फुर्सेखोलामा पक्की पुल नहुँदा फेदीपाटन, मासपाटन, खच्र्याङलगायतका बासिन्दाले बिरामीसमेत मोटरसाइकलमा बोक्ने गरेको स्थानीय समाजसेवी राजेन्द्र पौडेल बताउँछन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell