PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

युवासंघका केन्द्रीय नेता बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मल्ल पक्राउ



सविन ढकाल

युवासंघका केन्द्रीय नेता बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मल्ल पक्राउ

काठमाडौं : युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
 
खुकुरी प्रहार गरी फरार भएका १९ वर्षीय लक्ष्मण मल्ललाई काठमाडौं आएको बेला पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेन्द्र काफ्लेले काठमाडौँमा लुकिछिपी बसिरहेको अवस्थामा विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जानकारी दिए।
 
पुस १४ गते बाँके कोहलपुरमा बुढाथोकीमाथि खुकुरी प्रहार भएको थियो। पक्राउ गरिएका मल्ललाई महानगरीय प्रहरी वृत्त बालजुमा राखी शनिबार बिहान नै बाँके पठाइएको छ।

खुकुरी प्रहारको आरोपमा बाँके कोहलपुरका विमल सेन, सुरेश सुवेदी, नवीन शाही, सुरवीर मल्ल र विकास शाहीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell