
काठमाडौं : नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा समर्थित पत्रकारहरुको गठबन्धनलाई पराजित गर्दै सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोर्याब) को अध्यक्षमा एमाले समर्थित सुवास खतिवडा निर्वाचित भएका छन्।
शनिबार बिहान काठमाडौँमा सम्पन्न छैटौँ अधिवेशनमा गठबन्धनका उम्मेदवार कांग्रेस समर्थित किशोरजङ्ग थापालाई १० मतले पराजित गर्दै खतिवडा अध्यक्ष निर्वाचित भएका हुन्। उनले कूल २७६ मत खसेकोमा १४२ मत ल्याएका थिए।
अरु पदमा भने मिश्रित परिणाम आएको छ।
- वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी (कांग्रेस समर्थक)
- महिला उपाध्यक्ष शशिकला दाहाल (कांग्रेस समर्थक)
- मधेसी उपाध्यक्ष निमेष कर्ण
- जनजाति उपाध्यक्ष अर्जुनकुमार राई (एमाले समर्थक)
- महासचिव गोविन्द देवकोटा (माओवादी केन्द्र समर्थक)
- सचिव वन्दना दनुवार (एमाले समर्थक)
- कोषाध्यक्ष लक्ष्मण खड्का (माओवादी केन्द्र समर्थक)
कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी,
सदस्य (महिला)
धनलक्ष्मी शाही र ललिता कुश्मी,
सदस्य (मधेसी)
अजयकुमार यादव र रामभरोसी महतो,
सदस्य ( जनजाति)
मिलन गाहा र गणेशकुमार श्रेष्ठ
सदस्य (दलित)
पूर्णवहादुर विक
प्रदेश अध्यक्ष
प्रदेश १ बच्चुनारायण श्रेष्ठ (एमाले समर्थक)
प्रदेश २ अशोक दत्त (एमाले समर्थक)
प्रदेश ३ कृष्णहरि घिमिरे (एमाले समर्थक)
प्रदेश ४ मा शान्ति गुरुङ (एमाले समर्थक)
प्रदेश ५ मा कांग्रेस निकट केपी घिमिरे (कांग्रेस समर्थक)
प्रदेश ६ रमेश गौतम (एमाले समर्थक)
प्रदेश ७ दीर्घराज उपाध्याय (कांग्रेस समर्थक)