PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कुलमान-ऊर्जामन्त्री पुग्दा ठोरीमा दिनभर खुसीयाली, रातभर दीपावली र झिलिमिली



राधेश्याम पटेल

कुलमान-ऊर्जामन्त्री पुग्दा ठोरीमा दिनभर खुसीयाली, रातभर दीपावली र झिलिमिली

वीरगन्ज : दशक लामो प्रयास सफल भएपछि पर्साको सुदूपश्चिम गाविस ठोरीका बासिन्दा यति बेला खुसीले गदगद भएका छन्। यही खुसीमा उनीहरुले शुक्रबार दिनभर नाचगान र भोजभतेर गरेर रमाए। साँझ घरघरमा दीपावली गरे।
 
ठोरीवासीको अनुहारमा खुसी र उमंग ल्याउने अरु केही नभई बिजुली नै थियो।
 
ठोरीमा शुक्रबारदेखि औपचारिक रुपमा बिजुली बल्न थालेपछि ठोरी– ३ का भवनाथ फुँयालले उत्साहित हुँदै भने, ‘हाम्रो गाउँ अब दुर्गम रहेन, बिस्तारै भए पनि ठोरीले विकासको फड्को मार्छ मार्छ।’ बिजुलीको लागि १० वर्षदेखि गर्दै आएको प्रतीक्षा अब दुर भएको उनी बताउँछन्।
 
ऊर्जामन्त्री जनार्दन शर्माले ठोरी विद्युतीकरण कार्यक्रमको उद्घाटन गर्दै ठोरी झिलिमिली पारेका थिए। शुक्रबार पहिलो चरणमा ठोरीका १ हजार ४ सयमध्ये ३ सय ८० घरमा बत्ती बलेको छ।
 
स्थानीय सर्वदलीय राजनीतिक संयन्त्रका संयोजक रामप्रकाश कुँवरले ठोरीको भविष्य र विकाससँग जोडिएको विद्युत भित्रिएपछि अब ठोरीको इतिहास फेरिएको बताउँछन्।
 
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठोरीवासीको वर्षौंदेखिको चाहना पूरा भएको र आफूहरु मुलुकलाई अँध्यारोमुक्त बनाउने अभियानमा लागिपरेको बताए। सो आवसरमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले ठोरीमा स्थानीय ठुटे खोलाबाट विद्युत उत्पादनको प्रयास गरिने बताए।
 
ठोरीको विद्युतीकरकण कार्य झण्डै एक दशकदेखि अलपत्र परेको थियो। भारतीय दूतावासको आर्थिक सहयोगमा हेटौंडाको जनमुखी कन्स्ट्रक्सनले आर्थिक वर्ष २०६३/०६४ मा निर्मलबस्ती र ठोरी गाविसको विद्युतीकरण परियोजना सुरु गरेको थियो। परियोजना अन्तर्गत निर्मलबस्ती गाविसमा भने बिजुली बलिसकेको छ। ठोरीमा भने कहिले तारबार नभएको, कहिले भारतीय सुरक्षा फौज एसएसबीको अवरोध त कहिले ट्रान्सफर्मर परीक्षण लगायतको समस्या तथा बाधा अवरोधले ढिलाइ भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell