PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ऊर्जामन्त्री शर्मा भन्छन्- 'एमालेले राष्ट्रवादको नाममा भ्रम सिर्जना गरिरहेछ'



राधेश्याम पटेल

ऊर्जामन्त्री शर्मा भन्छन्- 'एमालेले राष्ट्रवादको नाममा भ्रम सिर्जना गरिरहेछ'

वीरगन्ज : ऊर्जामन्त्री जनार्दन शर्माले एमालेले राष्ट्रियताको भ्रम सिर्जना गरेर देशलाई दुर्घटनामा पार्न खाजेको आरोप लगाएका छन्। प्रेस सेन्टर नेपाल पर्सा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले संसदमा लगिएको संविधान संशोधन विधयेकमा छलफल गर्न नदिई जनताको अधिकारलाई एमालेले कुण्ठित पार्न खोजेको बताए।
 
संविधान कार्यान्वयनका लागि आफूहरु सहमति तथा प्रक्रिया जुनसुकै प्रस्तावमा तयार रहेको बताउँदै उनले संविधान संशोधन प्रक्रिया रोकेर देखाउन एमालेलाई चुनौती दिए। ‘राष्ट्रवादको नाममा जनतालाई भ्रम सिर्जना गर्नु राष्ट्रघात हो,' उनले भने, 'संविधान कार्यान्वयन गर्नुपर्ने परिस्थितिमा राष्ट्रियताको कुरा गरेर जनताको अधिकार सुनिश्चित हुन नदिनु उचित होइन।’
 
नयाँ संरचना अन्तर्गत समानुपातिक समावेशी प्रतिनिधित्व हुने गरी तीन वटै तहको निर्वाचन गर्नु सरकारको मुख्य प्राथमिकता भएको र स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई अध्ययन गरेर चाँडै टुंगोमा पुग्नुपर्ने समय आएको उनको भनाइ छ। 
 
सरकार अहिले ऊर्जा संकट समाधानका लागि उज्यालो नेपाल अभियान लिएर मन्त्रालयकै टिम लागिरहेको भन्दै शर्माले ऊर्जा उत्पादन वृद्धि गरी त्यसलाई व्यवस्थित वितरण गर्दै देशलाई लोडसेडिङ मुक्त बनाउनतर्फ आफूहरु लागिपरेको बताए।
 
उनले वीरगन्ज पथलैया औद्योगिक करिडोरलाई चाँडै लोडसेडिङ मुक्त गर्ने योजना बनाएको पनि जानकारी दिए। वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्न आवश्यक रहेको बताउदै मन्त्री शर्माले जनताको शेयर लगानीबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell