PahiloPost

Jun 24, 2025 | १० असार २०८२

बागमतीमा फोहर फाल्नेमाथि कडा निगरानी, रंगेहात पक्राउ, तिराइयो २० हजार जरिवाना



पहिलोपोस्ट

बागमतीमा फोहर फाल्नेमाथि कडा निगरानी, रंगेहात पक्राउ, तिराइयो २० हजार जरिवाना

काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहर फाल्दै गर्दा चार पसल र एक होटलका गरी पाँच सञ्चालकलाई कारबाही गरिएको छ।
 
अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरिएको हो। जनही पाँच हजारका दरले ती पसल र होटलका सञ्चालकलाई २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताए।
 
फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशङ्कर होटल जयबागेश्वरीका कामदार जरिवाना रकम पाँच हजार ल्याउँछु भनी गएकामा जरिवाना बुझाउन नआई फोनबाटै जरिवाना तिर्दिनँ जे सक्नुहुन्छ गर्नुस् भनेको नगरकोटीले बताए। महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा सो होटलका सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।
 
फोहरमैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई स्थानीय निकायले पाँच हजारदेखि एक लाख ५० हजारसम्म जरिवाना र छ महिना जेलमा राख्न पाउने व्यवस्था छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell