PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

असन्तुष्ट ९ प्रतिशत हुन्, संविधान संशोधन गरेर तिनलाई पनि मूल प्रवाहमा ल्याऔं : नेता सिंह



पहिलोपोस्ट

असन्तुष्ट ९ प्रतिशत हुन्, संविधान संशोधन गरेर तिनलाई पनि मूल प्रवाहमा ल्याऔं : नेता सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा हस्ताक्षर नगरेको ९ प्रतिशत समूहले ‘संविधान मान्न तयार छु’ भन्छ भने संशोधन गरेर मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन्।
 
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘संविधानसभामा रहेका ९१ प्रतिशतको हस्ताक्षरमा नयाँ संविधान जारी भएको हो। ९ प्रतिशतले मात्रै हस्ताक्षर गरेको छैन। तर त्यो समूहले पनि संविधान मान्छु भन्छ भने सहमतिमा संविधान संशोधन गर्नुपर्छ।’
 
संविधानसभामा संघीयता र गणतन्त्र विरोधीहरू पनि रहेकाले सबैलाई मिलाएर संविधान जारी गर्ने क्रममा आफूले भने जस्तो संविधान जारी हुन नसकेको उनले बताए। आन्दोलनबाट प्राप्त अधिकारको रक्षा गर्दै मुलुकमा स्थायी राजनीतिका लागि लाग्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
 
संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई चुनावमा ल्याउनुपर्ने भन्दै नेता सिंहले भने, ‘अब धेरै कुरा नगरेर संविधान संशोधन गर्ने हो। सबैलाई मिलाएर चुनाव घोषणा गरेर तोकिएको समयभित्र तीन वटा चुनाव गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell