
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई भुल्दा देशमा राजनीतिक संकट बढिरहेको बताएकी छिन्।
जिपी कोइराला फाउण्डेशनद्वारा राजधानीमा आयोजित अन्तरकलेज बहस कार्यक्रममा बोल्दै कोइरालाले सहमति, सहकार्य र एकताले नै राजनीतिक संकटको निकास दिलाउने बताइन्।
‘देशमा राजनीतिक संकट बढ्नुमा सहमति, सहकार्य र एकताको भावना नहुनु हो,’ जिपी कोइराला फाउण्डेशनकी अध्यक्ष समेत रहेकी कोइरालाले भनिन्, 'गिरिजाबाबुले जहिले पनि सहमति, सहकार्य र एकता भन्नुहुन्थ्यो जसको आवश्यकता अहिले झन् बढेको छ। तर खोइ?’