PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

देउवाको दाबी- 'अब कसैले रोक्दैमा रोकिन्न, संशोधन प्रस्ताव पारित भएरै छाड्छ'



पहिलोपोस्ट

देउवाको दाबी- 'अब कसैले रोक्दैमा रोकिन्न, संशोधन प्रस्ताव पारित भएरै छाड्छ'

काभ्रे : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया एमालेको अलोकतान्त्रिक चरित्रका कारण अघि बढ्न नसकेको बताएका छन्।
 
नेपाली कांग्रेस काभ्रे–१ अन्तर्गत कोसीपारिका नौ गाविसले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्दै ल्याइएको संशोधन प्रस्ताव एमालेले संसद् अवरुद्ध गरेर अगाडि बढ्न नदिएर संसदीय अभ्यास र प्रक्रियाको समेत अवमूल्यन गरेको बताए। उनले अब संशोधन प्रस्ताव पारित गरेरै छोड्ने समेत दाबी गरे।
 
'अब कसैले रोक्दैमा र असहमति जनाउँदैमा संसद् गतिरोधमा रहन सक्दैन,' उनले भने, 'समय थोरै छ, काम धेरै गर्नुछ, यो कांग्रेसले पूरा गर्छ। ढुक्क हुनुहोस्।'
 
परराष्ट्र मन्त्री एवम् नेपाली काग्रेसका नेता डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय सम्बन्ध सडकमा जुलुस गरेर बलियो नबन्ने, र कूटनीतिक पहलबाट मात्र सम्भव हुने बताए। मन्त्री महतले एमालेको सडक आन्दोलनले गर्दा विदेशी समुदायको नजरमा नेपालमा आफ्नो सुरक्षा नरहेको सन्देश जाने भएकाले थप समस्या हुने पनि भनाइ राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell