PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द



पहिलोपोस्ट

रुकुम : लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन्। 

सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै संख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। 

विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले जानकारी दिए। 

जिल्लामा सञ्चालन भइरहेका विद्यालयले अर्धवार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेको उहाँले बताउनुभयो । यहाँका बोर्डिङ स्कुल भने सञ्चालनमा रहेका छन् । 

रुकुममा अहिले ६५० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । केही पहिले पानीसँगै हिमपात भएपछि अहिले जिल्लामा जाडो बढ्दै गएपछि सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति पनि न्यून देखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell