PahiloPost

Jun 24, 2025 | १० असार २०८२

​रुपन्देहीमा नौ करोड लागतको खानेपानी आयोजना शिलान्यास



पहिलोपोस्ट

तिलोत्तमा (रुपन्देही) : बुटवल उपमहानगरपालिका वडा नं १३ मा निर्माण हुने देवसिद्ध खानेपानी तथा सरसफाइ आयोजनाको शनिबार शिलान्यास गरिएको छ। 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीअन्तर्गत निर्माण हुने सो आयोजनाको पूर्व अर्थमन्त्री एवम् रुपन्देही क्षेत्र नं ४ का सांसद विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन्। 

आर्थिक वर्ष २०७६/७७ सम्ममा निर्माण सम्पन्न हुने सो आयोजनाका लागि रु नौ करोड ९६ लाख खर्च हुने डिभिजन कार्यालयले जनाएको छ । आयोजना निर्माणका लागि डिभिजन कार्यालय र देवसिद्ध खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच सम्झौता भइसकेको छ। 

कार्यक्रममा सांसद पौडेलले खानेपानी नागरिकको अधिकार भएकाले यसमा सरकार संवेदनशील हुनुपर्ने बताए। 

आयोजनाअन्तर्गत ४५० घनमिटरको ओभरहेड टङ्की निर्माण हुनेछ भने डिप ट्युबवेल, मुख्य पाइपलाइन, सार्वजनिक धारा तथा शौचालयको पनि निर्माण हुनेछ आयोजनाबाट १३८१ घरधुरी प्रत्यक्ष लाभान्वित हुने संस्थाका सहसचिव लोकराज शर्माले जानकारी दिए। 

संस्थाले २०६९ सालदेखि नै बोरिङबाट सिधै खानेपानी वितरण गर्दै आएकामा आयोजना निर्माण सम्पन्न भएपछि ओभरहेड टङ्कीमार्फत खानेपानी उपभोक्ताको धारामा पठाउने छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell