PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बलिउड अभिनेता ओम पुरीको निधन शंकास्पद, छिमेकी र सहयोगीको बयान बाझियो



पहिलोपोस्ट

बलिउड अभिनेता ओम पुरीको निधन शंकास्पद, छिमेकी र सहयोगीको बयान बाझियो

एजेन्सी : बलिउड अभिनेता ओम पुरीको निधनलाई मुम्बई प्रहरीले शंकास्पद मानेको छ। मृत्युपछिको पोस्टमार्टम रिपोर्ट सार्वजनिक नभए पनि प्रहरीले मृत्युलाई छानबिन गरिरहेको भारतीय सञ्चारमाध्यहरुले बताएका छन्।
 
पुरीका छिमेकी र घरमा काम गर्ने सहयोगीले प्रहरीलाई दिएको बयान बाझिएपछि प्रहरीले घटनालाई शंकास्पद रुपमा लिएको हो। छिमेकीले हृदयाघात भएको भनिएका पुरी किचनमा लडेको अवस्थामा फेला परेको बताएका छन् भने घरका सहयोगीले बेडरुममा लडेको बयान प्रहरीलाई दिएका छन्। मृतक पुरीको टाउकोमा सानो चोट पनि देखिएको प्रहरीले बताएको छ।
 
हृदयाघातका कारण मृत्यु भएको बताइए पनि उनको टाउकोमा चोट देखिएपछि प्रहरीले मृत्युलाई शंकाको घेरामा राखेको हो।
 
पुरीको निधनमा आपराधिक कारण भए/नभएको आशंकमा प्रहरीले अनुसन्धान थालेको हो। ६६ वर्षीय पुरीको गत शुक्रबार आफ्नै निवास मुम्बईमा निधन भएको थियो।

सम्बन्धित समाचार : ओम पुरी रहेनन्, १० तथ्य जसले उनलाई नजिकबाट चिनाउन सघाउँछ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell