PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​कृषि संकलन केन्द्रलाई चार लाखको स्याउ ग्रेडिङ मेसिन



पहिलोपोस्ट

जुम्ला : दलित सदस्यहरु मात्र आबद्ध रहेको गज्र्याङ्कोट २ र ३ जुम्लामा स्थापित कृषि सङ्कलन केन्द्रलाई रु चार लाखको स्याउ ग्रेडिङ मेसिन सहयोग गरिएको छ। 

उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले ग्रेडिङ मेसिन सहयोग गरेको हो । ग्रेडिङ मेसिनसहित आयोजनाले रु १६ लाख ९० हजार बराबर भवन निर्माणमा सहयोग पु¥याएको आयोजनाका कृषि अधिकृत सुरेशकुमार थापाले जानकारी दिए। 

भारतको हरियाणा राज्यको अम्बला सहरबाट मेसिन खरिद गरी कृषक समूहलाई हस्तान्तरण गरुन्जेल रु चार लाख लागत पर्न गएको अधिकृत थापाले बताए। 

कृषक समूहकहाँ आइपुगेको चलाउन योग्य ग्रेडिङ मेसिन शनिबार कृषि सुपर जोन जुम्लाका प्रमुख विष्णुप्रसाद शर्माले स्विच दबाएर सञ्चालनमा ल्याएका हुन्। 
मेसिन सञ्चालनपश्चात् सुपर जोन जुम्ला प्रमुख शर्माले घर आँगनमै आएको ग्रेडिङ मेसिनले स्याउ कृषकलाई राम्रो सहयोग पुग्ने बताए। 

चार वाटको बत्तीले सञ्चालन हुन सक्ने यो मेसिनले सुपर ए, सुपर बी, ए, बी, सी र डीसम्म स्याउ ग्रेडिङ गर्ने बताइएको छ। 
मेसिन सञ्चालन तथा प्रदर्शन कार्यक्रममा सहभागी व्यक्तिहरुले उक्त कृषक समूहले स्थापना गरेको भवनलाई कृषि वस्तुमात्र नभई स्याउ सङ्कलन केन्द्रका रुपमा विकास गर्न सल्लाह दिएका थिए । ग्रेडिङका लागि समय छोटो लाग्ने र आफ्नै आँगनमा स्याउ विभिन्न श्रेणीमा विभाजन गर्न पाइने भएपछि त्यस क्षेत्रका किसान खुसी भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell