PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भारतमा ज्यान गुमाएका चार नेपालीको हरिद्वारमा सामूहिक दाहसंस्कार



पहिलोपोस्ट

भीमदत्तनगर : भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चार जना नेपाली मजदुरको शनिबार सामूहिक दाहसंस्कार गरिएको छ।
 
हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्यु भएको थियो।
 
घटनास्थलबाट कञ्चनपुरको झलारीका स्थानीय नरेन्द्र विष्टले मृतक चारै जनाको शनिबार भारतको धार्मिकस्थल हरिद्वारमा दाहसंस्कार भएको जानकारी दिए। मृतक चारै जनाका आफन्त घटनास्थल पुगेर शुक्रबार शव बुझेपछि शनिबार दाहसंस्कार गरिएको हो।
 
मृतकका आफन्तलाई निर्माण कम्पनी र भारत सरकारबाट आर्थिक सहयोगको आश्वासन मिलेको पनि उनले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell