PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ऊर्जामन्त्री र कुलमान घिसिङ रौतहट पुगे, ११ करोड लागतमा बन्न लागेको सवस्टेसनको शिलन्यास



पहिलोपोस्ट

ऊर्जामन्त्री र कुलमान घिसिङ रौतहट पुगे, ११ करोड लागतमा बन्न लागेको सवस्टेसनको शिलन्यास

रौतहट : ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाललाई आर्थिक समृद्धिको अभियानसँग जोडिएको बताएका छन्। रौतहटको पतौरा, मौलापुर–३ मा नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन शिलान्यास गर्दै उनले आर्थिक समृद्धिलाई अगाडि बढाउन जलविद्युत् विकासको विकल्प नभएको बताए।
 
उनले तराईका विभिन्न जिल्लामा विद्युत् चुहावट एवम् चोरी हुने गरेकाले त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने बताए।
 
मन्त्री शर्माले भने, 'प्राधिकरणका कर्मचारीको समेत मिलेमतोमा विद्युत् चोरी र चुहावट हुने गरेको छ। विद्युत्भार कटौतीमुक्त जिल्ला बनाउने हो भने तत्काल चुहावट र चोरी नियन्त्रण गर्नुहोस्।'
 
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको विद्युतीकरणका लागि सो आयोजना सुरु गरिएको भन्दै चुहावट नियन्त्रणमा दिनरात खट्न कर्मचारीलाई निर्देशन दिए। कुल रु ११ करोड लागतमा निर्माण गरिने उक्त सवस्टेसन आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गरिने प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell