
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा लिग लिडर रियल मड्रिड, सेभिया र एथ्लेटिको मड्रिडले जित हात पारेका छन्।
रियल सोडिसाडलाई ४-० ले हराएसँगै सेभियाले अंक तालिमा बार्सिलोनालाई पछि पारेको छ।
रियल मड्रिडले धरेलु मैदानमा ग्रानाडालाई ५-० ले पराजित गरेको छ। रियलको जितमा इस्कोले २ तथा क्रिस्टियानो रोनाल्डो, करिम बेन्जानमा र कासेमिरोले १/१ गोल गरे। जितपछि रियलको १६ खेलबाट ४० अंक भएको छ।
ग्रानाडा विरुद्धको जितसँगै रियलले सबैखाले प्रतियोगितामा गरेर अपराजित संख्या ३९ खेल पुर्याउँदै बार्सिलोनाको रेकर्ड बराबरी गरेको छ।
यता विसन वेन येडेरको ह्याट्रिड मद्वतमा सेभियाले सोसिडाडालाई ४-० ले हरायो। सेभियाको लागि अर्को गोल पाब्लो सारावियाले गरे। जितसँगै १७ खेलबाट ३६ अंक जोडेको सेभिया दोस्रो स्थानमा उक्लेको छ भने रियलसँगको अंक दुरी कम पारेको छ। १६ खेल मात्र खेलेको बार्सिलोना ३४ अंकका साथ तेस्रोमा छ।
यस्तै एथ्लेटिकोे आइबरलाई २-० ले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। एथ्लेटिकोको जितमा सोउल निगेज र एन्टोनजी ग्रिजमनले १/१ गोल गरे। जितपछि एथ्लेटिकोको १७ खेलबाट ३१ अंक भएको छ।
अन्य खेलमा लस पलमसले स्पोर्टिङ गिहोनलाई १-० ले हरायो भने स्पानयोल र डेपोर्टिभा ला कुरानाले १-१ गोलको बराबरी खेलेका छन्।
ला लिगामा आज बार्सिलोनाले पाँचौं स्थानको भियारियलसँग प्रतिस्पर्धा गर्दैछ।