PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीले दोस्रो पटक बुझाएको स्पष्टीकरणमा पुरानै जवाफ



पहिलोपोस्ट

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीले दोस्रो पटक बुझाएको स्पष्टीकरणमा पुरानै जवाफ

काठमाडौं : विवादमा तानिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले दोस्रो पटक सरकारलाई स्पष्टीकरण बुझाएका छन्।

सरकारले २४ घन्टे अल्टिमेटम दिँदै उनलाई गत बिहीबार स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। ज्ञवालीले शुक्रबार पत्र बुझेका थिए। आइतबार कार्यालय समय सुरु भए लगत्तै ज्ञवालीले प्रधानमन्त्री कार्यालय पुगेर स्पष्टीकरण बुझाएका हुन्।

सरकारले पहिलो पटक उनले बुझाएको स्पष्टीकरणमा चित्त नबुझेको जनाउँदै 'किन कारबाही नगर्ने?' भन्दै अर्को पटक पनि स्पष्टीकरण सोधेको थियो। 

ज्ञवालीका सहयोगीका अनुसार पुरानै विषयहरुलाई समेटेर उनले स्पष्टीकरण दिएका छन्। स्पष्टीकरणमा पुनर्वास, विभिन्न निकायबीचको समन्वय र भूकम्पपीडित परिवारलाई अनुदान वितरणको लगायतका विषय उल्लेख छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell