PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा, रुनीले बराबरी गरे चार्ल्टनको रेकर्ड



पहिलोपोस्ट

म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा, रुनीले बराबरी गरे चार्ल्टनको रेकर्ड

वायन रुनीले सर बबी चार्ल्टनको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेको खेलमा म्यानचेष्टर युनाइटेड रिडिङलाई ४-० ले पछि पार्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

खेलको १० मिनेटभित्रै गोल गर्दै रुनीले युनाइटेडका लागि चाल्र्टनले गरेको २४९ गोलको रेकर्ड बराबरी गरेका हुन्। रुनीले सातौं  मिनेटमा गोल गर्दै युनाइेटडललाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेटपछि नै एन्टोनी मार्टिएलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २ गोल गरेको युनाइेटडका लागि दोस्रो हाफमा मार्कुस रासफोर्डले २ गोल थपेका थिए। रासफोर्डले ७५ औं र ७९ औं मिनेटमा गोल गरेका हुन्। 

ओलिभर जिरुडले खेल सकिन एक मिनेटअघि गरेको निर्णायक गोलको मद्दतमा आर्सनलले प्रेस्टन नर्थ एण्डलानई २-१ ले पराजित गरेको छ। आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो। खेलको सातौं मिनेटमै कलुम रोविसनले गोल गर्दै प्रेस्टनलाई अग्रता दिलाएका थिए। तर उसको अग्रता पहिलो हाफभन्दा बढी टिक्न सकेन। दोस्रो हाफको सुरुवातमै आर्सनलका आरोन राम्सेले गोल गर्दै खेल बराबरी गरेका थिए। ८९ औं मिनेटमा जिरुडले गोल गरेसँगै आर्सनले २-१ को कमब्याक जित हात पारेको हो।

यस्तै लेस्टर सिटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै एभरटनलाई २-१ ले पराजित गरेको छ।

रोमेलु लुकाकुले ६३ मिनेटमा गोल गर्दै एभरटनलाई  अग्रता दिलाएका थिए। तर अहमेद मुसाले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै लेस्टरलाई जित दिलाएका हुन्। मुसाले ६६ औं मिनेटमा पहिलो गोल गर्दै  खेल १-१ को बराबरी गरे। ७१ औं मिनेटमा मुसाले गरेको दोस्रो गोल लेस्टरको जितमा निर्णायक बनेको थियो।

यस्तै अन्य खेलमा हल सिटीले स्वान्सी सिटीलाई २-० ले पराजित गरेको छ भने एएफसी बर्नमाउथ मिलवालसँग ३-० ले पराजित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell