PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

संसदको आजको पहिलो बैठकमा यस्तो देखियो दृश्य



पहिलोपोस्ट

संसदको आजको पहिलो बैठकमा यस्तो देखियो दृश्य

काठमाडौं : व्यवस्थापिका संसदको आजको पहिलो बैठक शोक प्रस्तावमा सीमित भएको छ। अब अर्को बैठक आजै ३ बजे बस्नेछ।
 
खोटाङका कांग्रेस नेता तथा तत्कालीन प्रतिनिधिसभा सदस्य मणिराम पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गरी बैठक टुंयाइएको हो।
 
२०१५ सालमा तत्कालीन खोटाङ क्षेत्र नम्बर १६ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेलको ८७ वर्षको उमेरमा पुस १८ गते निधन भएको थियो।
 
आजको बैठकमा पनि अवरोध जारी राख्ने आजै बिहान प्रतिपक्षी गठबन्धनले निर्णय गरिसकेको छ।
 
सीमाङ्कनको विषय थाती राख्न सरकार तयार भए संविधान संशोधनको विषय संसदमा टेबल गर्न दिने एमालेले जनाएको छ। एमालेले सीमाङ्कन हेरफेर प्रदेशसभाबाट मात्र हुन सक्ने अदालतको आदेश रहेको जिकिर गर्दै त्यो विषय फिर्ता भए अन्य विषयमा छलफल हुन सक्ने जनाएको हो। तर सरकारले सीमाङ्कनको विषय संशोधनबाट 'ड्रप' गर्ने सम्बन्धमा कुनै धारणा सार्वजनिक गरिसकेको छैन।
 
आजको बैठक एमालेले संविधान संशोधनको विषय कार्यसूची रहँदारहँदै पनि सञ्चालन गर्न बाटो खोलेमा आश्चर्य हुनेछ। एमाले स्थायी समिति बैठकले संविधान संशोधन विधेयक जस्ताको तस्तै आउँदासम्म संसद सञ्चालन हुन नदिने निर्णय गरिसकेको छ।












 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell