PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

घडी कान्डबारे पत्रकार सम्मेलन गर्दै सांसद खतिवडाले भने- 'मलाई जीवन भर मार्ने काम गरियो'



सविन ढकाल

घडी कान्डबारे पत्रकार सम्मेलन गर्दै सांसद खतिवडाले भने- 'मलाई जीवन भर मार्ने काम गरियो'

काठमाडौँ : ओखलढुंगाका सांसद रामहरी खतिवडाले आफ्नो चरित्र हत्या गर्ने काम गरिएको आरोप लगाएका छन्।
 
पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङको १४ लाख पर्ने महँगो घडी आफ्नो गोजीमा परेको खबर मिडियामा सार्वजनिक भएपछि विषयलाई स्पष्ट पार्न आज बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। 

'एक पल्ट गोली हानेर मारेको भए बरु मरेको मर्‍यै हुन्थ्यो तर मलाई जीवन भर मार्ने काम गरियो', सांसद खतिवडाले अगाडि भने, 'जिम क्लबमा अरु पनि मानिस थिए उनीहरुले मेरो गोजीमा हालिदिएको हुनसक्छ।'

यस विषयमा आफैले पनि अनुसन्धान गर्ने र प्रहरीलाई पनि अनुसन्धान गर्न आफूले आग्रह गरेको उनले बताए। 

घडी हराउँदा भेटिन्छ भेटिन्छ भन्ने व्यक्तिबारे उनले भने, 'उनको नाम थाहा छ तर म अहिले नै भनेर चरित्र हत्या गर्न चाहन्नँ।'

प्रहरीले फिङ्गर प्रिन्ट दिन आउन भन्दा क्लबमा भएका केही व्यक्ति आउन अस्वीकार गरेको दावी गर्दै उनले आफूलाई फसाउने व्यक्ति उनीहरु नै हुनसक्ने आश‌ंका गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell