PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लोकमान आउट भएसँगै गणेश थापाका भान्जालाई एक हजार जरिवाना, अरु कोको कारबाहीमा?



पहिलोपोस्ट

लोकमान आउट भएसँगै गणेश थापाका भान्जालाई एक हजार जरिवाना, अरु कोको कारबाहीमा?

काठमाडौं : अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेसँगै अदालतको कामकारबाहीमा अवरोध पुर्‍याउने अन्य व्यक्ति पनि कारबाहीको दायरामा आएका छन्।

अदालतबाट जारी गरिएको म्याद तामेल गर्ने क्रममा बाधा अवरोध पुर्‍याएकोमा तामेलदार शम्भुबहादुर खत्री, काठमाडौं वडा नम्बर १० की वडा कार्यालय सचिव सरिता राई, सोही वडा कार्यालयका खरिदार भेषराज अर्याल, प्रहरी कर्मचारी सब इन्सपेक्टर नकुलराज गौतम र प्रवल थापालाई जनही एक हजार रुपैयाँ जरिवाना फैसला पनि सुनाइएको छ। मुलुकी ऐन अ.बं. १११ नम्बर अनुसार प्रतिकूल कार्य गरेको ठहर गर्दै सर्वोच्चले जरिवाना तोकेको हो।

साथै तामेलदार खत्री, वडा सचिव राई र सब इन्सपेक्टर गौतमले कानुन बमोजिम कर्तव्य पालना नगरी न्यायिक प्रक्रियामा अवरोध गरेकोमा आवश्यक विभागीय कारबाहीका लागि सिफारिश पनि गरिएको छ।

म्याद तामेलीका लागि सर्वोच्च टोलीले लोकमानको घरमा पत्र टाँस्ने क्रममा प्रवल थापाले अवरोध पुर्‍याएका थिए। उनी लोकमानका ज्वाइँ एवं राप्रपाका अध्यक्ष कमल थापा र एन्फाका पूर्व अध्यक्ष गणेश थापाका भान्जा पनि हुन्।

प्रमुख कार्कीको नियुक्ति संविधान विपरीत गरिएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रीट हालेका थिए। पटकपटकको सुनुवाइपछि आजको फैसलाले कार्कीको नियुक्ति बदर गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell