PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रुस्लान कप क्रिकेटको पहिलो खेलमा पुलिस र हिमालयन क्रिकेट एकेडेमी भिड्ने



पहिलोपोस्ट

रुस्लान कप क्रिकेटको पहिलो खेलमा पुलिस र हिमालयन क्रिकेट एकेडेमी भिड्ने

काठमाडौं : दोस्रो रुस्लान कप क्रिकेटको ड्र सार्वजनिक भएको छ। प्रतियोगितामा सहभागि १६ टीमलाई दुई समूहमा विभाजन गरी ड्र गरिएको हो।

जस अनुसार समूह 'ए' मा नेपाल पुलिस, हिमालयन क्रिकेट एकेडेमी, हिमालयन ह्वाइट हाउस कलेज, पीसी फाइटर, न्यु होराइजन किकेट क्लब भैरहवा, कुलेश्वर क्रिकेट क्लब, नेपाली राइनोज, सशस्त्र प्रहरी बलको एपीएफ छन्।

यस्तै समूह 'बी' मा नेपाल अर्मी, न्यु राइजिङ स्टार, खहरी क्रिकेट क्लब धादिङ, रोएल पीसी फाइटर, एसपीए धनगढी, अनुभूति एजुकेशन फाउण्डेसन वीरगन्ज, रुस्लान केसीटीसी र क्यानोन क्रिकेट क्लब छन्।

प्रतियोगिताको उद्घाटन खेलमा आगामी मंगलबार  समूह ए मा हरेका नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमी एचसिएसँग खेल्नेछ।
मंगलबारै दोस्रो खेलमा समूह बी का नेपाल आर्मी र न्यु राइजिङ स्टारबीच प्रतिस्पर्धा हुनेछ।
 
नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा दुवै समूहबाट १/१ टीम फाइनलमा पुग्नेछन्। पहिलो चरणका खेलहरुपछि सिधै क्वाटरफाइनलका खेलहरु हुनेछन्।

माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell