PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ढोरपाटन महिला डबल लिग भलिबल : लगातार तेस्रो जितसँगै न्युडायमण्ड शीर्षस्थानमा



पहिलोपोस्ट

ढोरपाटन महिला डबल लिग भलिबल  : लगातार तेस्रो जितसँगै न्युडायमण्ड शीर्षस्थानमा

काठमाडौँ : न्युडायमण्ड एकेडेमी १२औँ ढोरपाटन महिला डबल लिग भलिबलमा शीर्ष स्थान पुगेका छ। न्युडायमण्ड लगातार तीन जीत हात पार्दै ९ अंकका साथ लिगको शिर्ष स्थानमा पुगेको छन्। विभागीय टोली एपीएफ दुई जित हात पार्दै  ६ अंकका साथ दोस्रो स्थान छ।

नयाँ बसपार्कस्थीत कान्तिपुर महलको मैदानमा आइतबार भएको पहिलो खेलमा न्युडामण्डले पुलिस क्लबलाई २५–१४,२५–१६,१३–२५ र २५–१३ ले हरायो। दोस्रो खेलमा आफ्नै क्लब न्युडायमण्ड स्पोट्र्सलाई २५–९,२५–९ र २५–४ को सोझो सेटमा हराउँदै लगातार तेस्रो जित हात पार्न सफल भयो।

पहिलो खेलमा न्यु डायमण्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गरेको थियो। 

एपीएफले पहिलो खेलमा विजेश्वरी ज्ञानमन्दिरलाई २५–६,२५–१२ र २५–९ को सोझो सेटमा हराउँदै लगातार दोस्रो जित निकाल्यो। अर्को विभागीय टोली आर्मीले विजेश्वरी ज्ञान मन्दिरलाई २५–६,२५–१२ र २५–९ ले हराउँदै लिगमा दुई जित हात पार्‌यो।

अन्य खेलमा आयोजक ढोरपाटन स्पोट्स क्लबले चण्डेश्वरी क्लबमाथी ३–२ को रोमाञ्चक जित हात पार्‌यो। ढोरपाटनले पहिलो सेट २५–१८ र दोस्रो २५–१९ ले आफ्नो पक्षमा पारेपनि त्यसपछिको दुई सेट १९–२५ र २१–२५ ले गुमाएपछि सेटमा बराबरी भयो। तर निर्णायक सेट १५–८ले आफ्नो पक्षमा पार्दै ढोरपाटनले पहिलो जित हात पार्‌यो। हारको बाबजुत चण्डेश्वरीले एक अंक हात पार्न सफल भयो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell