PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हत्या आरोपीलाई पक्रन जाँदा ससुरालीको अवरोध, हवाई फायर गरी नियन्त्रण



राधेश्याम पटेल

हत्या आरोपीलाई पक्रन जाँदा ससुरालीको अवरोध, हवाई फायर गरी नियन्त्रण

वीरगञ्ज : पर्सा प्रहरीले हत्याको आरोप लागेका बृजकिशोर गिरीलार्इ ६ राउण्ड हवार्इ फायर गरी पक्राउ गरेको छ।दुर्इ युवकको हत्यामा संलग्न रहेको आरोप लागेका गिरीलार्इ पक्राउ गर्न जाँदा आफन्तले अवरोध गरेपछि हवार्इ फायर गरी नियन्त्रणमा लिइएको हो।

फायर गर्दा गिरीको घुँडामा गोली लागेको छ। उनलार्इ अहिले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको छ।

अस्पताल स्रोतका अनुसार गिरीलार्इ  थप उपचारका लागि चितवन वा काठमाडौं रिफर गरिँदैछ। प्रहरीका अनुसार एक साताअघि बाराको जंगलमा दुर्इ युवकको शव फेला परेको थियो। हत्यामा गिरीको संलग्नता देखिएपछि प्रहरीले उनलार्इ खोजी गरिरहेको थियो। तर उनी फरार थिए।

बारा महागढीमार्इ नगरपालिका वडा नम्बर ८ सिमराका गिरी आफ्नो ससुराली पर्साको विजवनिया गाविसको गढैया टोलमा लुकेर बसेका थिए। गिरी लुकेको स्थान पत्ता लगाए र नियन्त्रणमा लिन खोज्दा ससुराली पक्षले अवरोध गरेका थिए।

अवरोध हटाउन गोली चलाउँदा उनको घुँडामा गोली लागेको हो।

मध्य क्षेत्रीय प्रहरी कार्यालय र पर्सा प्रहरीको संयुक्त टोलीले अपराधमा संलग्न गिरीलार्इ प्रक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell