
इस्लामाबाद : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएका स्थानीय उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ।
पञ्जाव प्रान्तको सोहावा क्षेत्रमा एक कार अर्को एक भ्यानसँग आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ घाइते भएका स्थानीय समाचार च्यानल समाले जानकारी दिएको छ।
यस दुर्घटनामा आठ पुरुष, चार महिला र दुई बालबालिकाको मृत्यु भएको बताइएको छ । त्यसगरी सहिवाल जिल्लामा भएको अर्को एक छुट्टै सडक दुर्घटनामा कम्तीमा ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका छन् । यस दुर्घटनामा दुई वटा बस एक आपसमा ठोक्किएको थियो।
पञ्जाव प्रान्तका प्रमुख मन्त्री साहबाज सरिफले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।साथै घटनामा घाइते भएका सवैको उपचारको राम्रो प्रवन्ध मिलाउनको लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका छन्। रासस /सिन्ह्वा