PahiloPost

Jun 24, 2025 | १० असार २०८२

​प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बैतडीमा सुरु



पहिलोपोस्ट

बैतडी : बैतडीमा पनि प्रधानमन्त्री कृषि आधुिनकीकरण परियोजना सुरु भएको छ। 

जिल्ला कृषि विकास कार्यालयले चालु आवमा जिल्लामा ब्लक र पकेटको अवधारणा अनुसार परियोजना सुरु गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दिव्यदेव भट्टले जानकारी दिए। 

परियोजनाअन्तर्गत १०० हेक्टरको एक ब्लकका आधारमा मकै र मकैको बीउ उत्पादन तथा तरकारी उत्पादनका लागि कार्यक्रम गरिएका छन् । मकै र मकैको बीउ उत्पादनका लागि गाँजरी, सिगास, शिवलिङ्ग, थालाकाँडा, ढुङ्गाड, भटना, हाट, न्वादेउ, महादेवस्थान, मल्लादेही, मेलौली, सलेना, महारुद्र, विशालपुर र शिवनाथ गाविस छनोट गरिएका छन् । 

यस्तै तरकारी उत्पादनका लागि देहीमाडौँ, सलेना, सिद्धपुर, गोकुलेश्वर, दशरथचन्द नगरपालिका, गुरुखोला, सिद्धेश्वर, महारुद्र, चौखाम, भूिमराज र न्वाली छनोट गरिएका छन् । 

परियोजनाअन्तर्गत बीउबीजन, कृषि यान्त्रीकरण ५० प्रतिशत अनुदान दिइनेछ भने सिँचाइमा ८५ प्रतिशत अनुदान दिइने जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell