PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

यौनकार्यमा संलग्न चार भारतीयसहित आठ जना पक्राउ



पहिलोपोस्ट

बनियानी (झापा) : झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए। 

अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागतम होटलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए। 

इलाका प्रहरीका कार्यालय अनारमनीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell