PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

सेताम्मे कालिञ्चोकको सौन्दर्य २८ फोटोमा

सेताम्मे कालिञ्चोकको सौन्दर्य २८ फोटोमा

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


दोलखा (कालिञ्चोक) : काठमाडौंका विद्यार्थी महेश श्रेष्ठ साथीहरुसँग पहिलो पटक कालिन्चोक आइपुगे। राजधानीको सधैंको भिडभाड र कोलाहल छोडेर प्राकृतिक मनोरम दृश्यमा रमाउन पाउँदा उनी प्रफुल्ल त भए नै 'स्वर्गै पुगेजस्तो' बताइरहेका थिए। 'जताजतै हिउँ नै हिउँ, चिसो सिरेटो आह…' उनी भन्दै थिए, 'कालिञ्चोकबारे सुनेको त थिएँ, आज आफैँ आइपुग्दा सुनेभन्दा बढी सुन्दर लाग्यो।'
 
कालिञ्चोक दोलखा जिल्लामा रहेको पर्यटकीय गन्तव्य हो। यहाँ कालिञ्चोक भगवतीको मन्दिर पनि भएकाले धार्मिक पर्यटकहरु उत्तिकै आउने गर्छन्। महेशजस्ता युवाहरुको समूह मात्र नभई धार्मिक आस्था बोकेका वृद्धवृद्धाहरु पनि आएको देखियो।
 
तर स्थानीय व्यापारीहरुका अनुसार अघिल्ला वर्षको तुलनामा यसपालि पर्यटक कम आएका छन्। किनकि यहाँको कच्ची सडकको अवस्थामा सुधार हुन सकेको छैन। सदरमुकाम चरिकोटबाट सवारीसाधनमा करिब १५ किलोमिटर माथि गएपछि कुरी पुगिन्छ। त्यहाँबाट पैदल करिब १ घन्‍टामा भगवती मन्दिर पुगिन्छ। यो मन्दिर ३८४२ मिटरको उचाइमा छ।
 
कालिञ्चोक डाँडाबाट मनोरम हिमशृंखला र वरिपरिको प्राकृतिक दृश्यहरू देख्न सकिन्छ। चिसो मौसममा सेताम्मे हिउँको सिरक ओढेको छ यो डाँडाले। यहाँ आइपुग्ने जो कोही पनि हिउँलाई स्पर्श नगरी र नखेली फर्कनै सक्दैनन्।


ट्रेन्डिङ पोस्ट

Ncell