PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​मेसीको गोलले पनि जिताउन सकेन बार्सिलोनालाई, रियलसँग अंक दुरी बढ्यो



पहिलोपोस्ट

​मेसीको गोलले पनि जिताउन सकेन बार्सिलोनालाई, रियलसँग अंक दुरी बढ्यो

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सिलोना भियारियलसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

लियोनल मेसीले ९० औं मिनेटमा फ्रिकिकमार्फत गरेको गोलको मद्वतले बार्सिलोनाले भियारियलसँग बराबरी खेल्दै अंक बाँडेको हो। 

खेलको ५० औं मिनेटमा निकोला सानसोनले गोल गर्दै भियारियललाई अग्रता दिलाएका थिए। तर खेलको अन्तिम समयमा प्राप्त फ्रिकिकमा मेसीले गोल गर्दै खेल बराबरी गरेका हुन्। इन्जुरी टाइमको अन्तिम मिनेटमा भियारियलका जाउमे कोस्टाले दोहोरो पहेँलो कार्ड पाएका थिए।

बराबरी खेलेसँगै बार्सिलोनाले दोस्रो स्थानमा उक्लँदै शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी कम पार्ने मौका समेत गुमाएको छ। 

बराबरीपछि बार्सिलोना १७ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको रियल ४० अंकका साथ शीर्ष स्थानमा छ भने १७ खेलबाट ३५ अंक जोडेको सेभिया दोस्रो स्थानमा छ।

ला लिगाकै अन्य खेलमा सेल्टाभिगोले मालागालाई ३-१ र रियल बेटिसले लेगानेसलाई २-० ले पराजित गरेको छ। एथ्लेटिक विल्वाओ र अलाभेसले गोलरहित बराबरी खेलेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell