PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

आर्थिक भार कम गर्न भन्दै साझा प्रकाशनले गर्‍यो ६९ कर्मचारी कटौती



पहिलोपोस्ट

आर्थिक भार कम गर्न भन्दै साझा प्रकाशनले गर्‍यो ६९ कर्मचारी कटौती

काठमाडौँ : संस्थाको आर्थिक भार कम गर्न भन्दै साझा प्रकाशनले ६९ कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ।
 
संस्था आर्थिक संकटमा रहेकाले व्ययभार कम गर्नका विभिन्न तहका ६९ कर्मचारी कटौती गरिएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए। ती कर्मचारीले उपदानसहित तीन महिनाको तलब पाउनेछन्। 'उहाँहरुले संस्थाको पीडा बुझेर अवकाश लिएर सहयोग गर्नुभएको छ,' शर्माले भने, 'तीन किस्तामा २०७४ पुस १३ गतेभित्र सम्पूर्ण रकम पाउनुहुनेछ।'
 
साउनमा पनि संस्थाले अधिकृतस्तरका २२ कर्मचारीलाई स्वेच्छिक अवकाश दिइएको थियो।
 
अहिलेसम्म १७२ जना कर्मचारीलाई स्वेच्छिक अवकाश दिई कर्मचारी कटौती गरिएको छ। अब साझामा ८३ जनामात्र कर्मचारी रहेका छन्।
 
'सरकारले दिने रु ३० करोड निकासाका लागि आजदेखि प्रक्रिया सुरु भएको छ,' महाप्रबन्धक शर्माले भने, 'बैंक र विभिन्न ठाउँमा तिर्नुपर्ने करौडौं ऋण बुझाउँदै कर्मचारीलाई पनि किस्तामा तलब दिँदै जानेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell