PahiloPost

Jun 24, 2025 | १० असार २०८२

चेल्सी र टोटनहम एफएकपको चौथो चरणमा, लिभरपुलले प्लेमाउथसँग रिप्ले खेल्ने



पहिलोपोस्ट

चेल्सी र टोटनहम एफएकपको चौथो चरणमा, लिभरपुलले प्लेमाउथसँग रिप्ले खेल्ने

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लण्डन क्लबद्वय चेल्सी र टोटनहम हट्सपर एफए कपको चौथो चरणमा प्रवेश गर्दा लिभरपुलले भने प्लेमाउथसँग रिप्ले खेल्नुपर्ने भएको छ।

कप अन्तर्गत तेस्रो चरणको खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको चेल्सीले पिटरवोरोग युनाइटेडलाई ४-१ ले पराजित गरेको हो। चेल्सीको लागि पेड्रोले २ तथा मिची बाट्सुई र विलियनले १र१ गोल गरे।  पिटरवोरोगका लागि टम निकोलसले सान्त्वना गोल फर्काए। 
६७ औं मिनेटमा जोन टेरीले सिधै रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा झरेको थियो। 

यस्तै टोटनहमले एस्टनभिल्लालाई २-० ले पराजित गरेको छ। टोटनहमको जितमा बेन डेभिस र हेउन मिल सन दोस्रो हाफमा १/१ गोल गरे।

यता लिभरपुल भने प्लेमाउथ अर्गाएलसँग गोलरहित बराबरीमा रोकिएपछि पुनः रिप्ले खेल्नुपर्ने भएको छ।

अन्य खेलमा १० खेलाडीको मिडल्स्ब्रोलेल सेफिल्ड वेनसडेलाई  ३-० ले पराजित गरेको छ। ड्यानिएल आएलालो रातो कार्ड पाएपनि मिडल्स्ब्रोका लागि अल्भारो नेग्रडो र मार्टेन डे रुनले गोल थपेका थिए। यसअघि ग्रान्ट लेडविटरले गोल गर्दै मिडल्स्ब्रोलाई अग्रता दिलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell