PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​दर्पण छायाँ–२ को ‘क्लाइमेक्स’ पुनः सुटिङ



पहिलोपोस्ट

​दर्पण छायाँ–२ को ‘क्लाइमेक्स’ पुनः सुटिङ

फिल्म ‘दर्पण छायाँ–२’ को दार्जिलिङमा पुगेर ‘क्लाइमेक्स’को फेरि सुटिङ गरिएको हो। ‘भीएफएक्स’ प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिकका कारण असफल भएपछि फेरि सुटिङ गर्नुपरेको हो।

झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको छ। दृष्यका लागि मात्रै दार्जिलिङका ३० जना संगीतकर्मी जम्मा भएका थिए। सकेसम्म स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको निर्देशक तुलसी घिमिरेले बताए।

फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन्। उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का फाइनलिस्ट हुन्। मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन्। सुटिङका क्रममा भेटिएका लेप्चाले भने, ‘नेपाली फिल्मका नृत्यको कोरियोग्राफी गर्न पाउँदा खुशी लागेको छ ।’ उनले यो फिल्मका लागि १० जना स्टेप डान्सर समेत सिक्किमबाटै ल्याएका थिए।


फिल्मको छायांकन रामेश्वर कार्कीले गरेका हुन्। फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन्। सहारा फिल्मस्को पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell