PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सहचालकले चलाउन खोज्दा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु



पहिलोपोस्ट

कालीकोट : जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमा मृत्यु भएको छ।
 
मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन्।
 
लु१त ५७२२ नंको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खाजेपछि भर्ता गाविसको हुल्म बजारमा दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ।
 
अनुसन्धानका लागि गाडी साहु देवमणि आचार्यलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell