PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भारत प्रशासित काश्मिरमा आक्रमण, तीन मजदुरको मृत्यु



पहिलोपोस्ट

भारत प्रशासित काश्मिरमा आक्रमण, तीन मजदुरको मृत्यु

श्रीनगर (भारत) : भारत प्रशासित काशिमरमा सोमबार एक सेनाद्वारा निर्माण गर्दै गरेको बाटोमा अज्ञात समूहको आक्रमण गर्दा मजदुरको मृत्यु भएको भारतीय सेनाले जनाएको छ।
 
घटनापछि आक्रमणकारी भागेको र सेनाले फरार आक्रमणकारीको खोजी सुरु गरेको
सैनिक प्रवक्ता मनिष मेहेताले बताए। सेनाका जनरल रिजर्भ इन्जिनियरिङ फोर्स शिविरमा मजदुर सुतिरहेको बेलामा आक्रमण भएको थियो।
 
भारत पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सिमाना नजिकै अवस्थित शिविर वरपर यसअघि अन्य ठाउँको तुलनामा आतङ्ककारी गतिविधि विरलै हुने गरेको र सेनाको शिविरमा कम ध्यान पुगेको प्रवक्ता मेहेताको भनाइ छ।
 
आतङ्ककारीले सोमबार बिहानै १.३० बजे आक्रमण गरेका थिए।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell