PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'दंगल'ले ब्रेक गर्‍यो 'पिके'को रेकर्ड



पहिलोपोस्ट

'दंगल'ले ब्रेक गर्‍यो 'पिके'को रेकर्ड

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

​​बलिउडमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको थियो फिल्म 'पिके'ले। फिल्मको ग्रस कलेक्शन रह्यो तीन सय करोड चालिस लाख। आमिर खान अभिनित फिल्मको बक्सअफिस रेकर्ड तोडेको छ उनकै फिल्म 'दंगल'ले।
 
बलिउड फिल्म समिक्षक तथा डिस्ट्रिब्युटर तरण आदर्शले ट्विट मार्फत सो जानकारी गराएका हुन्।

आदर्शका अनुसार फिल्मले सोमबारसम्ममा तीन सय करोड पैतालिस लाखको ग्रस कलेक्शन गरेको छ। सो कमाईसँगै फिल्मले बक्सअफिसमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राख्यो। आमिर खानको हकमा उनले आफै स्टारर फिल्मको व्यवसायिक रेकर्ड तोडे। फिल्म किरण राव र सिद्धार्थ रोय कपुर र आमिर खानले संयुक्त रुपमा निर्माण गरेका हुन्।
 
आइतबारसम्ममा दंगलले देशबाहिरबाट एक सय करोड असी लाख भारतिय रुपैंयाको व्यवसाय गरेको थियो। फिल्मले तेस्रो हप्तासम्मको लगातार प्रदर्शन पछि पिकेको रेकर्ड तोडेको हो।
 
स्पोर्ट्स ड्रामा भनिएको फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन्। उनकै कथा रहेको फिल्मले सन् २०१६ मा सर्वाधिक कमाएको फिल्म सुल्तानको पनि रेकर्ड ब्रेक गरेको छ।  
 
सन् २०१४मा सार्वजनिक फिल्म पिकेपछि आमिर दंगलमा देखिएका हुन्। फिल्ममा उनले महाबिर सिंह फोगाटको भूमिका निर्वाह गरेका छन्। उनको छोरीहरुलाई कुस्तीबाज बनाएर देशका लागि मेडल जिताउने सपना फिल्मको केन्द्रमा छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell