PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लगातार चौथो जितसँगै न्युडायमण्ड शीर्षस्थानमा यथावत, विभागीय भिडन्तमा एपीएफले पुलिसलाई हरायो



पहिलोपोस्ट

लगातार चौथो जितसँगै न्युडायमण्ड शीर्षस्थानमा यथावत, विभागीय भिडन्तमा एपीएफले पुलिसलाई हरायो

काठमाडौं :  न्युडायमण्ड एकेडेमीले लगातार चार खेल जित्दै १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा अपराजित यात्रा कायम राखेको छ। चार जितबाट १२ अंक जोडेको न्युडायमण्ड  लिगको शिर्ष स्थानमा यथावत छ।
 
नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा न्युडायमण्डले कमजोर प्रतिद्वन्दी विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई ३–० को सोझो सेटमा हरायो। खेलमा न्युडायमण्डले विजेश्वरीमाथी २५–२,२५–३ र २५–० को सहज जित निकाल्यो।
 
यता तीन खेल मात्र खेलेको विभागीय टोली एपीएफले  पनि अपराजित यात्ररालाई कायम राख्दै ९ अंक जोडेको छ। जितसँगै एक खेल कम खेलको एपीएफले चिरपरिचित प्रतिद्वन्दी न्युडायमण्डलाई पछ्याइरहेको छ। एपीएफले तेस्रो खेलमा एक सेटले पछि परेर पनि विभागिय प्रतिद्वन्दी पुलिसलाई ३–१ ले हरायो। पहिलो सेट २०–२५ ले गुमाएको एपीएफले कमब्याक गर्दै त्यसपछिका तीन सेट २५–१५, २५–१६ र २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो।
 
पुलिसले पहिलो खेलमा पराजय बेहोरेपनि दोस्रो खेलमा आयोजक ढोरपाटनलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले ढोरपाटनलाई २५–१२,२५–१० र २५–१७ ले हराउँदै लिगमा दोस्रो जित हात पारेको हो।
 
पुलिस क्लब चार खेलमा ६ अंक मात्र बटुल्दै पाँचौ स्थानमा छ। पराजित आयोजक ढोरपाटनले तीन खेलमा एक जित हात पारेपनि दुई अंक जोडेको छ। चण्डेश्वरीसँग भएको खेलमा ३–२ ले नतिजा आफ्नो पक्षमा पारेपछि ढोरपाटनले एक अंक गुमाएको थियो।
 
त्यस्तै रामेछापको चण्डेश्वरीले न्युडायमण्ड स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा हरायो। चण्डेश्वरीले २५–२३, २५–२१ र २५–९ ले खेल आफ्नो पक्षमा परेको हो। दास्रो जितसँगै चार खेलबाट ७ अंक जोडेको चण्डेशवरी तेस्रो स्थानमा उक्लिएको छ। उसले आयोजकसँगको खेलमा पराजित भएपनि एक अंक बटुलेको थियो। नेपाल आर्मीले चण्डेश्वरीलाई २५–६ ,२५–१९ र २५–१० को सोझो सेटमा हरायो। चौथो स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell