PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सडक विस्तारबापत उचित क्षतिपूर्तिको माग गर्दै राजधानीमा विरोध प्रदर्शन



पहिलोपोस्ट

सडक विस्तारबापत उचित क्षतिपूर्तिको माग गर्दै राजधानीमा विरोध प्रदर्शन

काठमाडौँ : काठमाडौँ उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले उपत्यकामा सडक विस्तारका क्रममा पीडित नागरिकलाई उचित क्षतिपूर्तिको माग गर्दै आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ।
 
उपत्यकाका २६ स्थानका पीडित समूहहरुले सो स्थानमा भेला भई संयुक्त रुपमा सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ति कानुनले निर्धारण गरेअनुसार उचित क्षतिपूर्ति र न्यायिक मुआब्जाको माग गरेका हुन्। जग्गा प्राप्ति तथा पुनर्वास नीति २०७१ लागू गर्न र संविधानप्रदत्त बसोबास गर्ने स्वतन्त्रता र आवासको हकको संरक्षण गर्न पिडितले सरकारलाई आग्रह गरेका छन्। विरोध प्रदर्शनमा सहभागीले अदालतको आदेश पालन गर्नुपर्ने, आवास अधिकारको प्रत्याभूत गर्नुपर्नेलगायत लेखिएका तुल बोकेका थिए।
 
समितिका संयोजक सुमन सायमीले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई सडक सुधार तथा विस्तार गर्ने नाममा विस्थापित गर्न नहुने र त्यसको विकल्प खोज्नुपर्ने बताए। देशमा पूर्वाधार तथा विकास निर्माण गर्ने क्रममा सम्बन्धित नागरिकले भोगचलन गरिरहेको अचल सम्पत्ति (जग्गा जमिन) अधिग्रहण गर्दा समयसापेक्ष मुआब्जा दिनुपर्ने उनले माग गरे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell