PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कार्टुनिस्ट वात्स्यायनलाई पोखरामा सम्मान



पहिलोपोस्ट

कार्टुनिस्ट वात्स्यायनलाई पोखरामा सम्मान

पोखरा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको २७औँ दिवसका अवसरमा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन सम्मानित भएका छन्।
 
चित्रकलाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप उनलाई आज यहाँ आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरन्जीवीप्रसाद शर्माले दोसल्ला ओढाई सम्मान गरे।
 
कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा प्याब्सन कास्कीमा आबद्ध विद्यालयमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने पोखरा पब्लिक स्कुल चाउथेका सन्देश शर्मा र शिशु निकेतनकी प्रतिभा बराललाई पाँच हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो।
 
सोही अवसरमा प्याब्सन कास्कीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शिशु वार्डमा तीन लाख ५० हजार मूल्य बराबरको सामग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त वार्डको रङ्गरोगन तथा मर्मतसम्भारका साथै प्रत्येक श्ययालाई दुई–दुई थान तन्ना, सिरानी र कम्बल प्रदान गरिएको अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell