PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​भेट्रान कप फुटबल : मदन भण्डारी स्पोर्ट्स एकेडेमी र चितवन एफसी उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

काठमाडौं : आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अब उपाधिका लागि चितवन एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

चन्द्रागिरीको ठूलो ढुंगामा भएको पहिलो सेमिफाइनलमा एकेडेमीले सानोगौचरण नाइट किङ क्लबलाई २–१ गोलले पराजित गर्‌यो। विजयी टिमका लागि राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठ र नरेन्द्रमान श्रेष्ठले १–१ गोल गरे। राकेश ‘म्यान अफ द म्याच’ चुनिए। नाइट किङका बसन्त गुरुङले १ गोल फर्काए।

दोस्रो सेमिफाइनलमा चितवनले वीरगन्ज युथ एकेडेमीलाई ४–० गोलले हरायो। चितवनको जितमा ‘म्यान अफ द म्याच’ रविन्द्र श्रेष्ठले २ तथा यमबहादुर गुरुङ र सुकलाल तामाङले १–१ गोल गरे।

फाइनल खेल मंगलबार हुनेछ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell