PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

'प्याक' भइसक्यो लोकमानको सामान, टंगालस्थित सरकारी निवास एक दुई दिनमै छाड्ने



पहिलोपोस्ट

'प्याक' भइसक्यो लोकमानको सामान, टंगालस्थित सरकारी निवास एक दुई दिनमै छाड्ने

काठमाडौँ : सर्वोच्च अदालतले नियुक्ति बदर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकारी निवास छाड्ने भएका छन्। 

अख्तियार प्रमुखको निवास टंगालस्थित अख्तियारको कार्यालयसँगै जोडिएको छ। 

संसदमा कात्तिक ३ मा महाभियोग प्रस्ताव दर्तापछि निलम्बनमा रहँदा उनले सरकारी निवास छाडेका थिएनन्। अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बनमा परेपछि पदको दुरुपयोग गर्न सक्ने भन्दै कार्कीको सेवा सुविधा खोस्न पुरक निवेदन समेत दिएका थिए। 

स्रोतका अनुसार कार्कीले आफ्नो घरायसी सामान प्याक गरिसकेका छन्। 

तीन वर्ष आठ महिना टंगाल निवासमा बिताएका कार्कीको नियुक्ति आइतबार सर्वोच्च अदालतको बदर गरेको थियो। 

कार्की तत्काल कहाँ सर्छन् भन्ने विषय भने स्पष्ट छैन। 

बानेश्वरस्थित वडा नं १० को उनको घरमा सामसुङ कम्पनीको गोदाम रहेको छ। तत्काल घरबाट सामसुङको गोदाम नहट्ने भएपछि उनी अन्यत्रै जान लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell